Trending :
 

ग्लोबल आइएमई बैंकद्वारा लुम्बिनी र कर्णालीमा निशुल्क स्वास्थ्य शिविर आयोजना

पौष २०,२०८०

-आस्था न्युज

पुस २०, २०८० काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
 
 बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
 
बैंकले लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा जिल्ला रैनादेबी छहरा गाँउपालिका वडा नं ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा  स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरेको हो । 
 
उक्त शिविरमा लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढि महिलाहरुले स्वास्थ्य चेकजाँच गरेका छन् ।
 
उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । 
 
शिविरमा स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु– महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुने बैंकले जनाएको छ ।
 
 शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र क्यान्सरको गम्भीर बिरामी पहिचान गर्ने बैंकले जनाएको छ ।