Trending :
 

नक्कली नोटसहित एक जना पक्राउ

पौष २०,२०८०

-आस्था न्युज

पुस २०, २०८० काठमाडौं ।
रौतहटको देवाही गोनाही नगरपालिकाबाट प्रहरीले ठुलो मात्रामा नक्कली जस्तो देखिने नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । 
 
नक्कली जस्तो देखिने नेपाली नोट १ हजार दरको १ हजार ८ सय ४३ थानसहित गुजरा नगरपालिका-५ हरिहरपुर बस्ने २५ वर्षीय संदिप यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
 
ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट, विभिन्न बैंकको एटिएम कार्ड ५ थान र १६ लाख ६५ हजार रूपैयाँ र तीन थान चेकसमेत बरामद गरेको छ ।
 
यस सम्बन्धमा प्रहरी थप आवश्यक खनुसन्धान गरिरहेको जनाएको छ ।