विपन्न परिवारका दुई सयजनालाई चिसोबाट बच्न कम्बल वितरण
-आस्था न्युज
पुस २०, २०८० काठमाडौं ।
चिसो बढिरहेका बेला विपन्न परिवारका लागि कम्बल वितरण गरिएको छ ।
विराटनगर महानगरपालिका–१६ स्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको हो ।
शुक्रबार बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको कार्यक्रममा कम्बल वितरण गरिएको हो ।
नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलासहितको टोलीले बिराटनगर महानगरपालिका–१२, १३, १४, १५, १६, १७ र १८ मा रहेका अल्पसंख्यक समुदायका बिपन्न, गरिब, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरु समेत दुईसय जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीहरु, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक छेदिलाल कामती, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति थियो ।