Trending :
 

इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले खेले एक–एक गोलको बराबरी

पौष २१,२०८०

-आस्था न्युज

पुस २१, २०८० काठमाडौं ।
इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै टोलीले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 
 
बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले एक–एक गोल गरेका थिए ।
 
जेनोवाले खेलको २०औँ मिनेटमा सुरुवाती गोल गरे पनि बोलोग्नाले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल रोक्न नसक्दा बराबरीमा चित्त बुझाउनु प¥यो ।
 
यो बराबरीपछि बोलोग्ना १९ खेलबाट ३२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा रहेको छ भने जेनोवा २२ अंकका साथ १२औँ स्थानमा छ ।