Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पौष २२,२०८०

-आस्था न्युज

पुस २२, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
 
आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ ।
 
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा रहेको छ ।
 
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।