Trending :
 

इटालियन सिरी ए फुटबलः इन्टर मिलानलाई ५ अंकको अग्रता

पौष २२,२०८०

-आस्था न्युज

पुस २२, २०८० काठमाडौं ।
इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ५ अंकको अग्रता बनाएको छ । शनिबार भएको खेलमा भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेपछि ३ अंक थप्दै दोस्रो स्थानमा रहेको युभेन्टसलाई ५ अंकले पछि पारेको हो । इन्टरको १९ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको युभेन्टसको ४३ अंक रहेको छ ।
 
घरेलु मैदानमा इन्टरलाई जताउनका लाउतारो मार्टिनेज  र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । भेरोनाका लागि थोमस हेनरीले एक गोल फर्काए ।
 
१३ ओं मिनेटमा हेनरिक मिखितरियनको पासमा मार्टिनेजले गोल गर्दै अग्रता दिलाए । ७४ औं मिनेटमा ओनडरेज डुडाको पासमा भेरोनाका हेनरीले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो ।
 
तर, दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा फ्राटेसीले गोल गर्दै २–१ ले अघि बढाए । 
 
अतिरिक्त समयको पाँचौं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । भेरोनाका डारको लाजोभिक रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
 
१० खेलाडीमा समेटिए पनि अतिरिक्त समयको १० औं मिनेटमा भेरोनाले पेनाल्टी पाउँदा गोल गर्न असफल भयो । भेरोनाका एम डुजरिकले गरेको प्रहार विफल हुँदा अन्ततः इन्टर मिलान २–१ गोलले विजयी भयो । 
 
पराजित भएको भेरोना १९ खेलबाट १४ अंकका साथ तालिकाको १८ औं स्थानमा छ ।