Trending :
 

राष्ट्रियसभा निर्वाचनका लागि सिटौलाले गरे मनोनयन दर्ता

पौष २३,२०८०

-आस्था न्युज

पुस २३, २०८० काठमाडौं ।
आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यको रिक्त पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । 
 
कोशीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् । 
 
कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय सभा अध्यक्षको रुपमा हेरिएका सिटौला यसअघि प्रतिनिधि सभा सदस्यमा दुई पटक झापाबाट पराजित भइसकेका छन् । 
 
सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मनोनयन दर्ता शुरु भएको हो । 
 
मनोनयन दर्ताका लागि सोमबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । राष्ट्रिय सभा चुनावमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।