Trending :
 

ग्लोबल आइएमई बैंकको शाखा अब धुलिखेल र सर्लाहीको मलगंवामा पनि सञ्चालन

पौष २३,२०८०

-आस्था न्युज

पुस २३, २०८० काठमाडौं ।
ग्लोबल आइएमई बैंकले २ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 
 
बैंकले सर्लाहीको मलगंवा नगरपालिका-८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ । 
 
बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालय सहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 
बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।