दक्षिण कोरिया जान ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

पौष २४,२०८०

-आस्था न्युज

पुस २४, २०८० काठमाडौं ।
रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो ।
 
वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ ।
 
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए ।