Trending :
 

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, माघदेखि ब्याजदर घट्ने

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको  विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ । 
 
बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशतविन्दु घटाएको हो । 
 
त्यस्तै, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहने जनाएको छ ।  पुस महिनामा यो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो । 
 
बैंकको ब्याजदर अनुसार, साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ ।