Trending :
 

भिमाद जिप दुर्घटना (अपडेट): दुई जनाको मृत्यु

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
 तनहुँको भिमाद नगरपालिका-५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका-२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो । 
 
सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा दशजना घाइते भएका छन् ।