Trending :
 

काठमाडौं जेसिसमा महिला नेतृत्वः अध्यक्ष एन्जिला खड्का सहितको नेतृत्वहरुद्वारा पदभार ग्रहण

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
काठमाडौं जेसिसले फेरी पनि महिला नेतृत्व पाएको छ । यहि मंसिर १६ गतेको साधारण सभावाट निर्वाचित अध्यक्ष एन्जिला खड्का सहितका नव निर्वाचित सदस्यहरुले पदभार ग्रहण गरेका छन् । काठमाडौंको चन्डोलस्थित कुन्डलिनी ब्याङ्कुट्मा आयोजित कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
 
पदस्थापना तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अथिती सभामुख देबराज घिमेरे र विशिष्ट अथिती परराष्ट्र मन्त्री एन पि साउदले ५४ बर्सको जेसिसको इतिहासमा दोश्रो युवा महिला नेतृको रुपमा निर्वाचित एन्जिला खड्कालाई बधाइ तथा शुभकामना दिदै हरेक तहमा युवा महिलाहरुलाई नेतृत्वको रुपमा स्थापित गरेर जानुपर्नेमा जोड दिएका थिए । 
 
विशिष्ट अथिती एन पि साउदले आफ्नो स्थापना काललदेखी नै जेसिसले युवाहरुलाई व्यत्तित्व र नेतृत्व विकासमा महत्वोपुर्ण योगदान पुर्‍याउदै आएको चर्चा गरे ।
 
कार्यक्रममा विगत लामो समयदेखि अनाथ, मानसिक अवस्था कमजोर भएर व्यवारिसे हुन पुगेका मानिसहरुको उद्दारमा महत्वपूर्ण योगदान पुर्‍याए बापत नेपाल स्नेहि काख फाउण्डेसन्लाइ सम्मान गरिएको थियो । साथै विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका युवाहरुलाइ सम्मान गरिएको थियो। 
 
नव निर्वाचित अध्यक्ष एन्जिला खड्कले युवा पालायनको सम्स्यालाइ हल गर्न उद्यमशिलताको विकास र युवामैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
 
साथै युवाहरुको रचनात्मकता र सृजनशिलतालाइ बिकास गर्न बहुआयमिक पहलकदमीको आवस्यकतालाइ औल्याउँदै राज्य र युवाहरुबिचको प्रभावकारी सम्मन्वय र सहकार्य दुनुपर्ने बताइन् ।
 
अध्यक्ष खड्का युवा उद्यमीका सथै समाजसेवी समेत हुन्।
 
No description available.