Trending :
 

फिल्म ‘एक्टर’मा प्रदीपको जोडी आना

पौष २५,२०८०

-आस्था न्युज

पुस २५, २०८० काठमाडौं ।
फिल्म ‘एक्टर’मा अभिनेत्री आना शर्मा अनुबन्धित भएकी छन् । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्ममा आनाको आगमनपछि उनले प्रदीपसँग रोमान्स गर्ने पक्कापक्की भएको छ ।
 
निर्माण पक्ष र आनाबीच हालैमात्र कागजी सम्झौता भएको छ । दर्शकले पहिलोपटक आना र प्रदीपको अनस्क्रिन रोमान्स फिल्ममा हेर्न पाउनेछन् ।
 
राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारी निर्माता र एनिस भुसाल सह–निर्माता छन् । फिल्म अदृत फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो ।
 
केही महिना भित्रमा नै छायांकनमा जाने यो फिल्म सन् २०२५ मा रिलिज हुनेछ । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा रित बोहरा सहायक निर्देशक रहनेछन् ।
 
‘पहिलोपटक प्रदीपसँग स्क्रिन शेयर गर्दैछु । एउटा राम्रो टिम पनि यसमा रहेकाले काम गर्न थप उत्साहित छु’, उनले भनिन् ।