Trending :
 

सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

पौष २६,२०८०

-आस्था न्युज

पुस २६, २०८० काठमाडौं ।
सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ । 
 
प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको हो । 
 
आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 
 
भुवा पर्व विशेषगरी बाजुरा र बझाङमा उल्लासपूर्वक मनाउने गरिएपनि पछिल्लो समय कैलाली र कञ्चनपुरमा समेत मनाउन थालिएको छ ।