Trending :
 

नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पौष २६,२०८०

-आस्था न्युज

पुस २६, २०८० काठमाडौं ।
नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । 
 
चौतारा साँगाचोक गढी नगरपालिका-५ घर भई हाल स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते नारायणथान सडक खण्डबाट दाङ तुलसीपुर–५ का सुरेन्द्र वलीलाई १० मिनेटमा पैसा डबल बनाइदिने भन्दै नक्कली नोटको भिडियो देखाएर ७ लाख रुपैयाँ लगेका थिए । तर १० मिनेटमा दोब्बर पैसा लिएर फर्किन्छु भनेर हिँडेका कुमार फेरि फर्किएनन् । 
 
त्यसपछि सुरेन्द्रको जाहेरीका आधारमा प्रहरीले बुधबार कुमारलाई स्यम्भुबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 
 
लामाको साथबाट प्रहरीले ६० हजार रुपैयाँ नगद र एक थान मोवाइल समेत बरामद गरेको छ ।