बालक अपहरणमा संलग्न तीन जना पक्राउ, बालकको सकुशल उद्धार
-आस्था न्युज
पुस २६, २०८० काठमाडौं ।
बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो ।
अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका-१५ बाट उद्धार गरेको हो । उनी जहदा-१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए ।
पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादव छन् ।
मोरङकै भाथीगछ पुर्याएपछिस्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो ।