कुमारी बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति?
-आस्था न्युज
पुस २६, २०८० काठमाडौं ।
कुमारी बैंकले माघ महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले उक सूचना जारी गर्दै पुस महिनाको तुलनामा माघमा ब्याजदर घट्ने जनाएको हो ।
बैंकका अनुसार, माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिनेछ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।
त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ ।
पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ ।