Trending :
 

चिसो छेक्न बालेको आगो ब्लाङ्केटमा सल्किएपछि जलेर एक महिलाको मृत्यु

पौष २६,२०८०

-आस्था न्युज

पुस २६, २०८० काठमाडौं ।
बर्दियामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका- ५ झप्टी बस्ने ७५ बर्षिय सोहनी थारुको जलेर मृत्यु भएको हो । 
 
सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालीएको आगोले महिलाले अ‍ेढेको ब्लाङ्केट सल्किएपछि उनी घाईते भएकी थिइन् । 
 
बुधबार दिउँसो साढे तिन बजे घाईते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो । 
 
उनको मृत्यु आज विहान चार बजेभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।