Trending :
 

रुसी सेनामा भर्ना भएका एक नेपाली युवकको मृत्यु

पौष २६,२०८०

-आस्था न्युज

पुस २६, २०८० काठमाडौं ।
रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए ।
 
सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको थापाले बताए । थापाले यसबारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएको बताए ।
 
खगेश्वरका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए ।