Trending :
 

उज्वेकिस्तान र सिरियाले अंक बाँडे

पौष २९,२०८०

-आस्था न्युज

पुस २९, २०८० काठमाडौं ।
एएफसी एशियन कप फुटबलमा उज्वेकिस्तान र सिरियाले अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडे । 
 
सिरियाविरुद्ध उज्वेकिस्तानले बल पोसेसन ६४ प्रतिशत राखे पनि गोल गर्न भने असफल हुँदा एक एक अंकमा चित्त बुझाएका हुन् ।
 
उज्वेकिस्तानका ओटाबेक शुकरोवले खेल सुरु भएको पहिलो मिनेटमै गरेको प्रहार खेर गएको थियो । त्यसैगरी छैटौं मिनेटमा इब्राहिम हेसरको प्रहार खेर जाँदा सिरियाले गोल गर्ने अवसर गुमाएको थियो । 
 
१९ औं मिनेटमा होजिमत एर्किनोवले गरेको प्रयास खेर जाँदा उज्वेकिस्तानले मौका गुमाउन पुग्यो । ४४ ओं मिनेटमा सिरियाका पाब्लो साबागको पासमा एजेकिएल हैमले  गरेको प्रयास पनि सफल भएन । खेल अवधिभर उज्वेकिस्तानले ४ पटक टार्गेट गर्दा सिरियाले २ पटक गरको थियो । 
 
यो नतिजासँगै समूह बीमा अस्ट्रेलिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा सिरिया र उज्वेकिस्तान १–१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । भारत भने अस्ट्रेलियासँग पराजित हुँदा अंक जोड्न सकेको छैन । एफसी एशिया कप अन्तर्गत आज पनि ३ वटा खेल हुने छन् । 
 
नेपाली समय अनुसार समूह बीका युएई र हङकङकले राति सवा ८ बजे खेल्दा सवा नै बने इरान र प्यालेस्टाइन आमने सामने हुने छन् । यस्तै समूह डीमा रेको जापान र भियतनामको खेल सवा ५ बजे  सुरुहुने छ ।