Trending :
 

हमास–इजरायल युद्धको १०० दिन पूरा

पौष २९,२०८०

-आस्था न्युज

पुस २९, २०८० काठमाडौं ।
हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताएका छन् ।
 
इजरायली सेना पूर्ण विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ । नेतन्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायल विरुद्ध प्यालेस्टिनीहरूको नरसंहारको दक्षिण अफ्रिकाको आरोपलाई पनि अस्वीकार गरे । 
 
नेतान्याहुले अदालतबाट कुनै पनि दबाब स्वीकार गर्न अस्वीकार गर्दै दक्षिण र उत्तर दुबैमा सुरक्षा पुनस्र्थापित गर्ने बताए । ‘न हेग न त कुनै अन्य शक्तिले हामीलाई रोक्न सक्छ,’ उनको भनाइ छ, ‘हामी गाजामा विजयको बाटोमा छौं र हामीले विजय हासिल नगरेसम्म हामी रोकिने छैनौं ।’