Trending :
 

जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

माघ ०२,२०८०

-आस्था न्यूज

माघ २, २०८० काठमाडौं ।
महोत्तरीको विजलपुराबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक जना यात्रुको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा लोहरपट्टी नगरपालिका ४ खुट्टा पिपराढीको अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेका छन् । बिहान रेलमा सवार पण्डितको जनकपुर आउने क्रममा रेलको बोगीभित्रै मृत्यु भएको हो । 
 
बोगीमै सवार अन्य यात्रुका अनुसार टिटिले टिकट दिन भनेपछि उनी टिकट निकाल्ने बेला सिटमै ढलेका थिए । 
 
मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ भने रिपोर्ट आएपछि मृत्युको कारण प्रष्ट हुने धनुषा प्रहरीले जनाएको छ ।