Trending :
 

मकवानपुर गोल्डकपको छौठौं संस्करण माघ १६ गतेबाट

माघ ०२,२०८०

-आस्था न्यूज

माघ २, २०८० काठमाडौं ।
शहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करण आगामी माघ १६ गतेबाट हुने भएको छ । 
 
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको स्थानीय तहको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गर्न लागेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए ।
 
संघलाई मिति तय गर्न एन्फाले १६ देखि २७ गतेको समय उपयुक्त हुने बताएपछि सोही समयभित्र प्रतियोगिता गर्न लागेको लामाले जानकारी दिए। 
 
गौरिटार रंगशालामा हुने प्रतियोगितामा विभागीयसहित ‘ए’ डिभिजन क्लब, विदेशीसहित मोफसलका टिमहरु र आयोजक एन्फा मकवानपुर ११ टिम समेत गरी प्रतियोगितामा कूल १२ टिम सहभागी हुने आयोजकले जनाएको छ । 
 
प्रतियोगिताको विजेता टोलीले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । यसअघि सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्दै आएका थिए । यो वर्षपनि सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल नै दिलाउने गरी पहल भैरहेको आयोजकले जनाएको छ ।
 
मकवानपुर गोल्डकपको पाँचौ संस्करणबाट २ लाख १० हजार ४४५ रुपैयाँ बचत भएको थियो । पाँचौ संस्करणको फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो ।