आईइसी डिजाइनर रनवे सिजन–१३ मा २४ मोडल छानिए
-आस्था न्यूज
माघ २, २०८० काठमाडौं ।
आईइसी कलेजले काठमाडौंमा आयोजना गर्न लागेको फेसन शो ‘आईइसी डिजाइनर रनवे’ को सिजन–१३ का लागि २४ मोडल छानिएका छन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भएको अडिसनबाट १८ महिला र ६ पुरुष गरी २४ मोडल छनोट भएका हुन् ।
आयोजकका अनुसार अडिसनमा ३ सय ५० जनाभन्दा बढी मोडलको सहभागिता थियो । अडिसनका निर्णायक अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, मिस्टर नेपाल विजेता समर्पण कार्की, आईइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापालगायतले २४ मोडल छनोट गरेका हुन् ।
छनोट भएका मोडलले आगामी चैत १६ गते होटल याक एण्ड यतिमा आयोजना हुने आईइसी डिजाइनर रनवेमा ¥याम्पमा प्रस्तुति दिनेछन् ।
शोमा विभिन्न देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता हुने जनाइएको छ । फेसन शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गर्दैछ ।
आईइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार यसपटकको शोमा आईइसी कलेजका २०२१ ब्याजका बिद्यार्थी डिजाइनरहरुले तयार पारेका पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ ।