Trending :
 

ग्लोबल आइएमई क्यापिटलको सिइओमा मन्दिप लुँईटेल नियुक्त

माघ ०३,२०८०

-आस्था न्यूज

माघ ३, २०८० काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुँईटेललाई नियुक्त गरिएको छ । 
 
कम्पनीको सञ्चालक समितिले २०८० साल पौष २९ गते लुँईटेलसँग एक करार सम्झौता गर्दै माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । 
 
लुँइटेल यस अघि सानिमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए। भारतको पुनेबाट एमबिए गरेका लुँइटेलले काठमाण्डौं विश्वविद्यालयबाट ईन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन्।