Trending :
 

प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित, लुम्बिनी ६० रनले पराजित

माघ ०३,२०८०

-आस्था न्यूज

माघ ३, २०८० काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ । 
 
बुधबार भैरहवामा रहको सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णालीले दोस्रामे जित निकालेको हो । 
 
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । बाक्लो हुस्सु कारण खेल ५ ओभर घटाइएको थियो ।
 
१८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेश १२४ रन मात्र बनाउन सक्यो । 
 
टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दिनेश अधिकारीले अर्धशतकीय ५६ रनको पारि खेल्दा दीपेन्द्र रावत ४७ रनमा पभेलियन फर्किएका थिए । 
 
यस्तै, हिमांशु शाहीले २५ रन बनाउँदा कप्तान रविन्द्र शाहीले ११ रुन बनाए । चार खेलाडीले खाता खोल्न समेत सकेनन् । 
 
लुम्बिनीका लागि निर्मला गुरुङ र  अभिषेक गौतमले तीन–तीन विकेट लिँदा अजय चौहान, मोहमद हुसेन र कृष्ण कार्कीले एक–एक विकेट लिएका थिए । 
 
१८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेशले ४१.२ ओभरमा सवै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । 
 
लुम्बिनीका कृष्ण कार्कीले ४७ रन बनाउँदा मृनल गुरुङले २२ रन बनाए । यस्तै मोहमद हुसेन र निर्मल गुरुङले १०–१० रनको योगदान गरेका थिए ।
 
कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिँदा अनुज चनारा र दीपेन्द्र रावतले दुई दुई विकेट लिएका थिए । दिवान पुनले १ विकेट लिँदा २ खेलाडी रनआउट भए ।
 
जितसँगै कर्णालीले ३ खेलबाट ४ अंक बनाउँदै पाँचौं स्थानमा रहँदा समान खेलबाट २ अंकका साथ लुम्बिनी पुछारबाट तेस्रो स्थानमा छ ।