Trending :
 

माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म सुझाव र सल्लाह पठाउन निर्देशन

माघ ०४,२०८०

-आस्था न्यूज

माघ ४, २०८० काठमाडौं ।
माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म आफ्ना सुझाव र सल्लाह पठाउन पार्टीले निर्देशन दिएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार लिखित रूपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको हो । 
 
उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको ‘मस्यौदा विधान-२०८०’ माथि माघ २१ सम्म छलफल गर्न वडा, पालिका, जिल्ला र प्रदेशमा पठाइएको छ । विधान अधिवेशनको लागि प्रतिनिधित्वको व्यवस्था समेत तोकिएको छ । 
 
केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज।व।स।÷मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरू विधान अधिवेशनका लागि प्रतिनिधि तोकिएका छ । 
 
मस्यौदामाथि आएका सुझावलाई माघको अन्तिम सता बस्ने स्थायी समिति बैठकले परिमार्जन सहित पारित गर्नेछ । माओवादीले फागुन १ गतेदेखि ३ गतेसम्म राजधानीको प्रज्ञा भवनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।