रवि लामिछनेविरुद्ध नेविसंघद्वारा उजुरी दर्ता
-आस्था न्यूज
माघ ४, २०८० काठमाडौं ।
नेपाल विद्यार्थी संघले सहकारी विभागमा रवि लामिछनेविरुद्ध उजुरी दर्ता गरेको छ । बिहीबार नेविसंघले सांसद एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो ।
संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ । नेपाल विधार्थी संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै कारबाही गरेको छ।
संघले सहकारी विभागमा उजुरी दर्ता गर्दै प्रदर्शन समेत गरेको छ । विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको रकम घोटलाबारे आफूहरुले छानबिन गरेर पीडतलाई न्याय दिलाउने बताए ।
नेविसंघले यस्तो घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताएको छ । नेविसंघले प्रदर्शनका क्रममा यस्तो अनैतिक कार्यले नेपाली लोकतन्त्रको मूलभूत सिद्धान्त र संस्थागत विश्वासलाई कमजोर पारेको जनाएको छ ।