Trending :
 

शिक्षा क्षेत्र सुधारका लागि शैक्षिक अभियान घोषणा

माघ ०४,२०८०

-आस्था न्यूज

माघ ४, २०८० काठमाडौं ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रको समग्र सुधारका लागि भन्दै राष्ट्रव्यापी शैक्षिक अभियान-२०८० घोषणा गरेको छ । 
 
परिषद्ले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत माघ महिनाभर देशभरका एकाइहरूमा विभिन्न रचनात्मक गतिविधिहरू गदै शिक्षा क्षेत्रको सुधारका लागि नैतिक दबाव र आधार तयार गर्ने उद्देश्यले शैक्षिक अभियान घोषणा गरेको हो । 
 
शिक्षाको वर्तमान अवस्था, चुनौती र समाधान विषयक प्रदेशस्तरीय शिक्षा कार्यशाला सातै प्रदेशमा गर्ने परिषद्ले जनाएको छ । यसअन्तर्गत चालु महिनाभरि देशभरका एकाइहरूमा विभिन्न रचनात्मक गतिविधिहरू गर्ने परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त गतिविधिले  शिक्षा क्षेत्रको सुधारका लागि नैतिक दबाब र आधार तयार हुने जनाइएको छ ।
 
शिक्षा प्रणाली, पाठ्यक्रम, मूल्यांकन, परीक्षा, परिसर, पात्रो जस्ता विषयमा सुधार गर्दै अगाडि बढ्नुपर्ने वर्तमानको आवश्यकतालाई सम्बोधन गर्न अभियान सञ्चालन गर्न लागेको पनि परिषद्ले जनाएको छ ।