Trending :
 

रसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ

माघ ०४,२०८०

-आस्था न्यूज

माघ ४, २०८० काठमाडौं ।
रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । 
 
पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर बस्ने कैलालीको लम्कीचुहा-६ का २८ वर्षीय सरोज थापा छन् । उनले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसियामा प्रतिष्ठित काम लगाइदिन्छु भनि सात लाख ३० हजार रुपैयाँ ठगी उजुरी परेको प्रहरीको अपराध महाशाखाले जनाएको छ । 
 
बुधबार पक्राउ गरिएका थापालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।