Trending :
 

हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

माघ ०५,२०८०

-आस्था न्यूज

माघ ५, २०८० काठमाडौं ।
हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।
 
अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ। अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ।
 
अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ।