Trending :
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति जहाज राख्न नपाउने नियम कडा बनाइँदै

माघ ०५,२०८०

-आस्था न्यूज

माघ ५, २०८० काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गरिने भएको छ ।
 
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी मोफसलमा लैजान विमानस्थलले तोकिदिएको थियो ।
 
तर, कार्यान्वयन फितलो भएसँगै कडाइ गर्ने निर्णय गरिएको विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
 
महाप्रबन्धक तिवारीका अनुसार अहिले जहाज प्राविधिक कारण काठमाडौंमा रोक्नुपरेको, मौसमका कारण काठमाडौं फर्काउनुपरेको भन्दै बहाना बनाउने गरेका छन् ।