Trending :
 

न्याय खरिदविक्री भइरहेको बार एसोसिएशनका अध्यक्ष रामचन्द्र पौडेलको टिप्पणी

माघ ०५,२०८०

-आस्था न्यूज

माघ ५, २०८० काठमाडौं ।
काठमाडौं जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले न्यायपालिकामा देखिएका विकृती, बिसंगती, अनियमितताका कारण न्याय खरिदविक्री भइरहेको टिप्पणी गरेका छन् । 
 
शुक्रबार उच्च अदालत बार एशोसिएशन पाटनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष पौडेलले न्याय खरिदविक्री भएका कारण न्यायपालिकाको साख जोगाउन मुस्किल भएको बताए । 
 
उनले भने,‘न्यायपालिकामा देखिएका विकृती, बिसंगती, अनियमितताका कारण न्याय खरिदविक्री भएको अवस्था छ । यसकारण न्यायपालिकामाथि आम नागरिकको आस्था विश्वास मर्दै गएको अवस्था छ । न्यायपालिकाको साख जोगाउन मुस्किल भएको अवस्था छ ।’
 
अध्यक्ष पौडेलले न्यायपालिकामा आमुख पात्रलाई नियुक्त गर्न ऐन कानून विपरित न्यायपालिकाको ऐन संशोधन गरिएको बताए । सर्वोच्च अदालतलाई अदृश्य विदेशी शक्तिले चलाएको उनको भनाई थियो  । 
 
त्यस्तै, उनले नेपाल बार एसोसिएसनमा देखिएका विकृती विसंगती र भ्रष्टाचारका विरुद्ध महत्वपूर्ण भूमीका खेलेको बताएका छन् ।