Trending :
 

युगाण्डाबाट प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किदै

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं ।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको राजधानी कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार विहान नेपाल फर्किदैछन् । 
 
सम्मेलनमा भाग लिएर सम्बोधन र विभिन्न भेटघाट पश्चात् प्रधानमन्त्री दाहाल शनिबार राति नै त्यहाँबाट नेपाल प्रस्थान गरेका छन् । आइतबार राति विहान २ः४५ बजे कतारको दोहा अवतरण भएका प्रधानमन्त्री दाहाल विहान ९ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण हुँदैछन् ।
 
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, छोरी गंगा दाहाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा, परराष्ट्र सचिव सेवा लम्साल लगायत छन् ।