Trending :
 

जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले दिए राजीनामा

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं ।
 
जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएका हुन् । 
 
लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले अन्ततः राजीनामा दिएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन् । 
 
यसअघि न्याय परिषद्ले न्याय परिषद् तानिएका तीन न्यायाधीशमाथि विस्तृत छानबिनका लागि समिति गठन गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराई नेतृत्वको समितिले विस्तृत छानबिन गरी न्याय परिषद्लाई आफ्नो प्रतिवेदन समेत दिइसकेको छ । यही बिचमा न्यायाधीश भट्टराईले आफ्नो पदबाट शुक्रवार राजीनामा दिएका हुन् ।