Trending :
 

संसदीय क्यालेन्डर बनाउनेबारे सभापतिहरूसँग सभामुखले गरे छलफल

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं ।
सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिबिचको छलफल सकिएको छ । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा आइतबार भएको छलफलमा विधेयकहरूको अवस्था र संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल भएको हो ।
 
‘संसद्को आउँदो अधिवेशनमा पेस गर्न विधेयकहरूको अवस्था के छ भनेर छलफल भयो । केही समितिहरूले विधेयकहरू अन्तिम चरण पुगेको जानकारी गराउनुभएको छ’, छलफलपछि सभामुख घिमिरेले भने ।
 
उनका अनुसार संसदीय क्यालेन्डर बनाउने बारेमा समेत छलफल भएको छ । त्यसका लागि सबैले वातावरण बनाउनुपर्ने विषयमा सल्लाह सुझाव प्राप्त भएको पनि घिमिरेको भनाइ छ ।