Trending :
 

अफगानिस्तानमा रुसी जहाज दुर्घटना

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं ।
अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो ।
 
रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो ।
 
त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।
 
रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ ।