Trending :
 

यू-१९ विश्वकपमा नेपालविरुद्ध न्यूजिल्याण्डका दुई खेलाडीले बनाए अर्धशतक

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं। 
यू–१९ विश्वकपमा नेपालविरुद्ध न्यूजिल्याण्डका दुई खेलाडीले अर्धशतक पूरा गरेका छन्। उनीहरुले नेपाल विरुद्ध एक सय रनको पार्टनसिप पनि गरेका छन्।
 
न्यूजिल्याण्डका मध्यक्रमका ब्याटर स्नेहित रेड्डी र कप्तान ओस्कर ज्याक्सनले अर्धशतक प्रहार गरेका छन्। आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कसिलो बलिङ गर्न नसकेपछि यी दुई खेलाडीले राम्रो स्कोरमा लक्ष्य दिने देखिएको छ।
 
१८१–३ को अवस्थामा पुगेको न्यूजिल्याण्डलाई खेलमा फर्काउन चौथो विकेटका लागि एक सय रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना देखाएका छन्। अब १५ ओभरको खेल बाँकी रहेको छ। नेपालले विकेट लिन नसकेमा ठूलो लक्ष्य न्यूजिल्याण्डले दिने देखिन्छ।
 
टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्याण्डले ३७ ओभरमा ३ विकेट गुमाउँदै १ सय ८२० रन बनाएको छ। न्यूजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०।१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।
 
स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे।  नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए। तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे। उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए।