Trending :
 

नेविसंघका कार्यकर्ता पक्राउ

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं। 
माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
माइतीघरमा प्रदर्शन गरेका संघका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिए । प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ ।
 
लोकतन्त्रमा सिभिक स्पेस्को सङ्कुचन गर्न नहुने माग सहित हुनेहरु विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लक्षित ‘हामी पनि यहाँ छौ’ भन्दै संघले विरोध गरेको थियो । माइतीघर मण्डला स्थान मात्रै नभई अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्पेस भएको उनीहरुले प्लाकार्ड मार्फत जनाएका थिए ।