Trending :
 

प्रधानमन्त्री कपः पुलिससँग आर्मी १३ रनले पराजित

माघ ०७,२०८०

-आस्था न्यूज

माघ ७, २०८० काठमाडौं। 
जारी प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तरर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १३ रनले पराजित गरेको छ ।
 
भैरहवाको सिद्धार्थनगर रंगशालामा प्रतिकुल मौसमका कारण ३३ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले एक सय ४० रन बनाएको थियो । 
 
एक सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले ३२.२ ओभरमा १२७ रनमा अलआउट भयो । 
 
आर्मीका टप अर्डर ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय इमराह शेख र सन्तोष कार्की तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप राजाली शून्य रन आउट भए ।
 
उसका लागि कुशल मल्ल ३५ रन बनाए । त्यस्तै, भिम सार्कीले ५२  र विनोद भण्डारी १९ रनको योगदान दिए ।
 
बलिङतर्फ पुलिसका सागर ढकाल र ललित राजवंशीले तीन-तीन विकेट लिए भने रसिद खानले दुई विकेट लिए । 
 
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ३१.४ ओभरमा १४० रनमा अलआउट भयो ।
 
खराब सुरुवात गरेको पुलिसले  १७ रनमा सुरुवाती तीन विकेट गुमाएपछि समस्यामा परेको थियो ।
 
उसका लागि आरिफ शेखले १८ रन बनाए । त्यस्तै, शंकर रानाले मात्र पाँच रन, सुनिल धमला ५२ रन बनाएर पभिलियन फर्किए ।
 
आर्मीका लागि सोमपाल कामीले घातक बलिङ गर्दै ६ ओभरमा ३ मेडन सहित मात्र १२ रन दिएर ४ विकेट लिए । विवेक यादवले सात ओभर बलिङ गर्दै ३७ रन दिएर दुई विकेट लिए । शाहब आलमले पनि ६.४ ओभर बलिङ गर्दै २६ रन खर्चेर दुई विकेट लिए ।