Trending :
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

माघ ०८,२०८०

-आस्था न्यूज

माघ ८, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
 
राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।
 
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ । 
 
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २० पैसा पुगेको छ । 
 
आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।