Trending :
 

मिनी ट्रक दुर्घटना हुँदा तनहुँमा २ जनाको मृत्यु

माघ ०८,२०८०

-आस्था न्यूज

माघ ८, २०८० काठमाडौं ।
तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा आइतबार राति मिनी ट्रक दुर्घटना हुँदा २ जना मृत्यु भएको छ।  
 
दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खस्दा ट्रकमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
 
मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। ट्रक चालकको खोजी भइरहेको उनले बताए। 
 
ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।