Trending :
 

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडद्वारा ग्रानाडा पराजित

माघ ०९,२०८०

-आस्था न्यूज

माघ ९, २०८० काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै एट्लेटिकोले जित निकालेको हो ।
 
एट्लेटिकोको जितमा अल्भारो मोराटाले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ५४औँ मिनेटमा मोराटाले गोल गरेका थिए ।
 
उनको यो गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।
 
यो जितपछि एट्लेटिको मड्रिड २० खेलबाट ४१ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको जिरोनाको ५२ अंक छ । यस्तै, पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।