Trending :
 

हुथी विद्रोहीविरुद्धको अमेरिका र बेलायतको आक्रमण

माघ ०९,२०८०

-आस्था न्यूज

माघ ९, २०८० काठमाडौं ।
अमेरिका र बेलायतका सेनाले यमनस्थित हुथी विद्रोहीविरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् । अमेरिकी र बेलायती सेनाले सोमबार यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेको पेन्टागनले जनाएको छ । 
अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डको सहयोगमा अमेरिकी र बेलायती सेनाले यमनका विभिन्न आठ स्थानमा आक्रमण गरेको छ ।
 
पेन्टागनका अनुसार अमेरिकी र बेलायती सेनाले भूमिगत भण्डारण साइटहरू र हुथीहरूको मिसाइल र निगरानी क्षमताहरू नष्ट गरेका छन् । हुथी विद्रोही इजरायलले गाजामा आक्रमण गरेपछि प्यालेस्टिनीको पक्षमा देखिएको छ ।
 
एक वरिष्ठ अमेरिकी सैन्य अधिकारीले करिब २५ देखि ३० पटक बम प्रहार गरिएको बताए । अमेरिकी अधिकारीहरूले यी आक्रमणहरूले हुथी विद्रोहीहरूको आक्रमण गर्ने क्षमतालाई कम गरेको बताएका छन् ।