Trending :
 

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

माघ ०९,२०८०

-आस्था न्यूज

माघ ९, २०८० काठमाडौं ।
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ ।
 
सन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् ।
 
सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन् ।
 
३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा रवि लामिछानेको संलग्नता के कसरी भएको छानबिन गरि कारबाही गर्न माग गरिएको छ ।