Trending :
 

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

माघ ०९,२०८०

-आस्था न्यूज

माघ ९, २०८० काठमाडौं ।
मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । 
 
सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ ।  यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।  
 
प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमतले जनाएको छ । 
 
शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाइएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले बताए । 
 
सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहँदै आएको थियो ।