Trending :
 

मौसमः तराईका भु-भागहरुमा हुस्सु र कुहिरोले जनजिवन प्रभावित

माघ १०,२०८०

-आस्था न्यूज

माघ १०, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म देशको पहाडी भू(भागमा आंशिक बदली रही तराईका भु-भागहरुमा हुस्सु तथा कुहिरो लागेको छ।
 
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 
महाशाखाका अनुसार बुधबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।