Trending :
 

उच्च हिमाली भागमा हिमपात, काठमाडौंमा वर्षा सक्रिय हुन अझै केही दिन लाग्ने

माघ १०,२०८०

-आस्था न्यूज

माघ १०, २०८० काठमाडौं ।
केही दिनदेखि काठमाडौँमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ । आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ। काठमाडौँको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।
 
काठमाडौँमा पानी पर्न अझै केही समय कुर्नुपर्ने जानकारी कँडेलले दिइन् । अहिले काठमाडौँको भिजिबिलिटी २५ सय मिटर मात्र रहेको महाशाखाले जनाएको छ ।