Trending :
 

यू-१९ विश्वकप: गुल्शन झा पनि आउट

माघ १०,२०८०

-आस्था न्यूज

माघ १०, २०८० काठमाडौं ।
नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध गुल्शन झालाई पनि गुमाएको छ ।
 
केहि राम्रो सुरुवात पाएपनि शीर्ष पाँच ब्याटर गुमाएपछि रन जोड्न नेपालले लगातार संघर्ष गरेको थियो । त्यसैक्रममा नेपालको सिनियर टोलीबाट खेली सकेका गुल्शन झा १८ रनमा आउट हुन पुगे ।
 
गुल्शनले ४७ बल खेल्दा कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेनन् । तीव्र गतिका बलर खुबैब खलिलको ३८ औं ओभरको दोस्रो बलमा गुल्शन मिडअफमा अरपात मिन्हासबाट क्याच आउट भए ।
 
सट बलमा ठूलो सट खेल्नेक्रममा टप एज लागेर उनी क्याच आउट भएका थिए ।