Trending :
 

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

माघ १०,२०८०

-आस्था न्यूज

माघ १०, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 
 
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् । 
 
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।